वैशाख २२
स्याङ्जामा प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। ईलाका प्रहरी कार्यलय चापकोट बाट खटिएको प्रहरीको टोलीले चापाकोट नगरपालिका वडा नम्बर ५ हिलामराङ खोल्सामा चिरान गरि राखेको ४१ थान अवैध सालको काठ बरामद गरेको हो।
बरामद गरिएको काठ आवश्यक अनुसन्धान कार्यका लागि सव डिभिजन वन कार्यलय दामाचौर स्याङ्जामा बुझाइएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी दिएको छ।
Discussion about this post