कफीका अभियन्ता जँग पचभैया जस्काे कतै चर्चा छैन

39
SHARES
324
VIEWS

कृष्ण अन्जान
वैशाख -२२। रुरु -गुल्मेली कफि उत्पादनकाे इतिहासले त्रियानव्वे वर्ष पार गर्दैछ । बिक्रम सम्बत १९९५ सालमा अाँपचौरका हिरा गिरीले बर्मा बाट गाेडा चार गेडा कफिका बिउ ल्यएर अाँपचाैरमा लगाए पछि गुल्मीमा कफि खेती भित्रिएकाे जानकार हरु बताउँछन ।

तिनै हिरा गिरीले कफि खेति लगाए पछि उनैले राेपेका बाेटहरुबाट बीउ उत्पादन गरेर अापचौर भरि र कफि लगाइएकाे र त्यहि बिउनै गुल्मी जिल्ला भरि फैलिएकाे हाे ।

त्यसाेत हिरा गिरी कफि खेतिका सँस्थापक ईतिहास बन्नु भयाे वहाँकाे पदचिन्हलाइ पच्छ्याउँदै हिँडेका कफि खेतिका अभियन्ता धेरै छन र यिनै अभियन्ता मध्येका जँग बहादुर पचभैय एक हुनुहुन्छ ।

रुरुक्षेत्र गाउँ पालिका वडा न ४ का कफि खेतीका अभियन्ता जँग बहादुर पचभैयाकाे कतै चर्चा छैन । ,मिडियाकाे पहुँचबाट पनि टाढा रहेका पचभैया गुल्मेली कफि खेतिकाे विकासमा अाफुलाइ समर्पित गर्ने लुकेका अभियन्ता हुनुहुन्छ ।

रुरुक्षेत्र गाउँ पालिका वडा न ४ काे भँगेरी डाँडामा रहेकाे कफि अनुसन्धान कार्यक्रम काे कार्यालय परिसर मा पुग्दा एक जना हाेँचा हाेँचा मँगाेलिएन अनुहारका व्यक्तिलाइ कफि बँगैचामा कफिका बाेट हरुकाे काँटछाँट खनखाेरस गर्दै मायाले कफिका बाेट हरु मुसारेकाे देख्न पाइन्छ वहाँ नै जँग बहादुर पचभैया हुनुहुन्छ ।

२०५९ साल देखि कफि खेति तर्फ लाग्नु भएका पचभैयाका लागि कफि अनुसन्धान कार्यक्रम एउटा सपना र त्याे सपना अाफ्नै गाउँ नजिकै स्थापना भएपछि चेविसै घण्टा त्यहि कफि अनुसन्धान कार्यक्रमकाे कफि बँगैचाकाे खनखाेरस वहाँकाे दिनचर्या बनेकाे छ ।

रुरु ४ काे भण्डारी डाँडामा कफि अनुसन्धान कार्यक्रमकाे कार्यालय र कफि बगैँचा बन्न सक्छ भनेर भनि रहँदा कसैले विश्वास गरेका थिएन तर सरकारले भण्डारी डाँडालाइ नै कफि अनुसन्धान कार्यक्रमका लागि छनौट गरेपछि अाफुले देखेकाे सपना पूरा भएकाे पचभैयाकाे भनाइ छ ।

भण्डारी डाँडामा कफि अनुसन्धान कार्यक्रम अाए देखि नै पचभैयाले कफिकाे प्राविधिक पक्षमा अाफुलाइ समर्पित गर्नु भएकाे छ ।कफि अनुसन्धान कार्यक्रमकाे परिसर भित्र लगाइएका कफिका हरेक बाेट सँग पचभैयाकाे परिश्रमकाे गाथा जाेडिएकाे कफि अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर कृष्ण थापा भन्नुहुन्छ ।
गज्जबकाे कुरा त के छ भने कफि नर्सरी भित्र जँग बहादुर पचभैयाकाे नामबाट जँग पाहुना ब्लककाे स्थापना गरिएकाे छ र यहि ब्लक भित्रका कफिका बाेटहरु हेर्न लाएकका छन ।

पचभैयाले कफि खेतिबारे कहिँ कतै अौपचारिक शिक्षा लिनु भएकाे छैन ।कहिलेकाही तालिम लिएका भरमा वहाँ भित्र कफि खेतिका लागि बिरुवा छनौट ,माटाेकाे उपचार ,नर्सरी व्यवस्थापन ,कफिमा लाग्ने राेग त्यसकाे उपचार विधि ,सँगै कफिकाे रेखदेख देखी उत्पादन प्रसाेधन र प्याकेजिँग सम्मकाे ज्ञान वहाँमा छ र याे हेर्दा लाग्छ पचभैया कफिकाे अनुसन्धानका बैज्ञानिक हुनुहुन्छ ।

कफि अनुसन्धान केन्द्रमा दैनिक ज्यालादारीमा काम गर्ने जँग बहादुर पचभैया काे परिश्रमले यतिबेला उजाड भण्डारी डाँडा कफीका बाेटहरुले हराभरा मात्र छैन नेपाल भरि कफिका नाम लिँदा भण्डारी डाँडा सबैले सम्झिने र पुग्नै पर्ने ठाउँकाे रुपमा परिचित भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार