यम सोमै
जेठ -४। देश यति खेर बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको चपेटामा परेको छ। महामारीले प्रभाव पार्ने क्षेत्रहरु मध्ये शैक्षिक क्षेत्रपनि एक हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि शैक्षिक सत्रको अन्त्य तिरको समयमा सरकारले गरेको लकडाउनका कारण बिद्यालयहरुले वार्षिक परीक्षा लिन सकेका छैनन् ।
यसै बिचमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित सामुदायिक तथा निजि बिद्यालयहरुले परिक्षा मात्र नभई नतिजासमेत प्रकाशान गरेका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण सरकारले लगाएको निषेधाज्ञाका कारण स्याङ्जा लगायतका नेपाल भरका अधिकांश बिद्यालयहरुमा बार्षिक परीक्षाका सम्बन्धमा अन्यौलता रहेका छन् । “दोस्रो लहरलो कोरोना जोखिमको सम्भावनालाई मध्य नजर र्गर्दै परीक्षा मिति तोक्यौ, परीक्षा सञ्चालन गर्यौ र परीक्षाको नतिजा समेत प्रकाशन गर्न सफल भयौं” कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख भिम श्रेष्ठले भन्नू भयो।
विद्यार्थीहरुको नतिजा प्रकाशन भएपछि कक्षा ८ र १० बाहेक अन्य विद्यार्थीहरुमा अन्यौलता हटेको समेत कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रेष्ठले बताउनु भयो। काठमाडौ र पोखरा महानगरपालिका भित्रका बिद्यालयहरुलाइ आन्तरिक मुल्यांकन मार्फत विद्यार्थीहरुको तह निर्धारण गर्ने तयारीमा रहेका छन् ।
हाल कालीगण्डकी गाउँपालिकामा सामुदायिक बिद्यालय ३५ वटा र निजि बिद्यालय ३ वटा रहेका छन् ।





















Discussion about this post