स्याङ्जामा प्रहरीद्वारा न्यून गुणस्तरको स्यानिटाइजर बरामद

52
SHARES
432
VIEWS

जेठ -११
कोरोना महामारी फैलिए संगै बजारमा स्यानिटाइजरको माग पनि उच्च रहेको छ। यसै क्रममा बजारमा न्युन गुणस्तरका स्यानिटाइजर फेला पर्न थालेका छन् ।

स्याङ्जामा प्रहरीले न्यून गुणस्तरको नक्कली स्यानिटाइजर ठूलो मात्रामा वरामद गरेको छ।
जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ कालाखोला बस्ने एक व्यक्तिले कोठा भाडामा लिएर लुकाइ छिपाइ न्यून गुणस्तरको स्यानिटाइजर वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा उक्त स्थानबाट १८० लिटरको न्यून स्तरको स्यानिटाइज बरामद गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी दिएको छ।

यस्तै गरि पुतलीबजार नगरपालिका वडा नम्बर १ चन्द्र नगर घुम्ती स्थित एक सप्लायर्सबाट पनि १२ लिटर न्यून गुणस्तरको स्यानिटाइजर बरामद गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी दिएको छ।

बरामद गरिएको १९२ लिटर स्यानिटाइजरको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

बजारमा नक्कली स्यानिटाइजरको विगविगी रहेकोले आधिकारिक कम्पनी हेरेर मात्रै स्यानिटाइजर खदिर गर्न जिल्ला प्रहरी कार्यलय स्याङ्जाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार