जेठ -११
स्याङ्जामा प्रहरीले कुटपिट गरि घाइते बनाएको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ७ रामघाट बस्ने ५३ वर्षका बुद्ध बहादुर सार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार सार्कीले नाताले बहिनी पर्ने कुश्मा कुमारी नेपाली र भान्जा पर्ने बिमल नेपालीलाई मादक पदार्थ सेवन गरि धारिलो हतियार र दाउराले प्रहार गरि घाइते बनाएको आरोपमा सार्कीलाई पक्राउ गरिएको हो।
सार्कीको धारिलो हतियार र दाउरा प्रहारबाट घाइते भएका कुश्मा कुमारी नेपालीको मेट्रो सिटी अस्पताल पोखरामा र बिमल नेपालीको फेवा सिटी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।
कुश्मा कुमारीको अवस्थामा सुधार आए पनि बिमल नेपालीको अवस्था भने गम्भीर रहेको सूचना अधिकारी एवम् प्रबक्ता अधिकारीले जानकारी दिनु भयो। कुटपिट गर्ने बुद्ध सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।



















Discussion about this post