जेठ -११
स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर ८ का ७१ वर्षीय पुरुष र वडा नम्बर ७ कि ३७ वर्षीया महिला रहेका छन् ।
यसै क्रममा स्याङ्जामा आज एकै पटक २४० जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये १०० जना महिला र १४० जना पुरुष रहेका छन् । पछिल्लो चरणमा स्याङ्जामा नगरपालिका र गाउँपालिकाले पनि दैनिक एन्टिजेन बिधिबाट समेत कोरोना परिक्षण गर्दै आएका छन् ।
Discussion about this post