पुरन पोखरेल
बिश्वका धेरै मुलुकहरूले कोरोना भाइरसको संक्रमण युद्ध लडिरहेका छ्न।बिश्वमानव जाती भाईरस संगको लडाई र अस्तित्व रक्षाका निम्ति लडिरहेको छ । हाम्रो मुलुक पनि बर्तमान अबस्थामा यहि जटिल परिस्थितीसंंग जुधिरहेको छ। कोरोना भाईरस संग मात्रै होइन केही बर्ष यता गणतन्त्र प्राप्ती पछि नेपाली राजनीतिको नेतृत्व गरिरहेका खतरनाक भाईरसहरुले मुलुको शिक्षा,स्वास्थ,रोजगार र बिकास लाई ध्वस्त बनाउदै आएका थिए। त्यसको चरम उत्कर्ष बिचबाट जनताको जनमत माथी नै चरणबद्द प्रहार बाट गुज्रिएका छौं ।
जनतामा बैकल्पिक राजनीति र नेतृत्वको महसुस भैरहेको छ।तर त्यसका लागि हामिले चाहेजस्तो विकल्प तयार भएको छैन।राजनीति भ्रष्टता परिवार ,नातापाता,लेनदेन कारोबार, किनबेच र दाउपेच बाट सुरु भएको छ।हामिले भत्किरहेको बाटो हेरेर चिच्याई रहेका छौं तर मुलुकभरको हाम्रो लाखौं दक्ष जनशक्ति बिदेशीएको, शैक्षिक बेरोजगारहरु उत्पादन भैरहेको ,बिचार बिहिन समाज बन्दै गइरहेको ,अपराध अराजकता मौलाएको हेरेर नेतालाई गाली गरेर आत्मरत्तिमा रमाईरहेका छौं। हामी चाहान्छौ आज सुतिरहेका छौँ भोलि उठ्दा विकसित मुलुकहरूको जस्तो नागरिक जिबनशैली खोजिरहेका छौं तर त्यसको बाटो र मोडल बारे कत्तिपनी बहस गर्न चाहदैनौँ,यहि हाम्रो बिडम्बना हो।
आजपनि यो स्थितिको सृजना हुनु नेपालको शिक्षामा भएको परम्पराबादी बाटो र उत्पादन भैरहेका हामी शैक्षिक बेरोजगारहरु हौं। एकबेला बिश्वबिद्यालयहरु आन्दोलनका भट्टीहरु थिए जनताको न्याय, स्वतन्त्रता र गणतन्त्र प्राप्तिनै मुलुकको आबस्यका थियो तर आजको बिश्वबिद्यालय र शिक्षालयहरु शिक्षाको स्पष्ट खाका हिन बिचारबाट मुलुकका प्रत्येक क्षेत्रमा चाहिने जनशक्ति उत्पादनको बाटोबाट होइन राजनैतिक भर्तिकेन्द्र र दासहरु उत्पादनका कारखाना भैरहेका छ्न।
हामिमा बिदेशी मोह पारिवारिक सेटलमेन्ट , डक्टर, पाईलट, इन्जिनियर र सरकारी जागीर बाहेक कुनै अभिभावकले अर्को बाटो ठाउँ विकल्पलाई आफ्ना सन्तानका लागि स्वीकार गर्न सक्दैनन। जबर्जस्त जिबनको उर्जाशिल समय झोला बोकाएर सडुन्जेल बिश्वबिधालयमा धकेलिन्छ।भारबहन थेग्न नसक्नेहरुका लागि ज्यानको बाजि लगाएर सस्तोमुल्यमा श्रमका लागि धकेलिन्छ। जबर्जस्त लादिएको बिना रुचिको क्षमताको बलबाट उत्पदित जनशक्ति १०% पनि आफ्नो कार्यक्षेत्रमा जान पाउँदैन।यहि बिकाराल जगबाट उत्पादित बहुल मध्यम बर्गिय परिवारबाट उत्पादित युवा विद्यार्थीहरुको जीवनकाल ऋणभार तिर्नकै लागि दासी जीवन गुजार्नु परेको छ।हामी कृषि ,बिज्ञान ,प्राविधि,कला, साहित्य ,उधोग, ब्यापार ,संगित ,पत्रकारिता सहित थुप्रै बहुआयामिक पाटाका बारेमा गफ चुट्ने तर कसरी ब्याबस्थित तरिकाले जनशक्ति उत्पादन र परिचालन गर्ने देशभित्रै राख्ने भन्नेबारे रत्तिपनी सोच्दैनौँ। एक दुई पात्रहरूका अपबादका कथाले मुलुकको कायापलट हुने सपना देख्छौँ। बिना रोलमोडलको आत्मरत्तिको दिवासपनाले न हामी बन्नेछौँ न भाबी पुस्ता बन्नेछ।
अबको हाम्रो बाटो आत्मनिर्भरताको बाटो हो । देशबाहिरको जनशक्तिलाई कसरी देशमै राख्ने भन्नेबारे स्थानीय सरकारहरुले योजना बनाउनु पर्दछ । कृषि उत्पादनका क्षेत्रलाई प्राविधिमैत्री बनाउदै आफ्नो स्थानीय तह अनुसारको बजारिकरण संँगै मझौला उधोगको खाका बनाउनु पर्दछ । यसका लागि राष्ट्रिय राजनीतिलाई गाली गरेर बसिरहनु पर्दैन। अर्को बिद्यालय शिक्षामा सुनाई,बोलाई ,लेखाई र पढाईका चार तहपछी विद्यार्थीको रुचि अनुसारको बाटो तय गरिनुपर्छ चाहेर, नचाहेर अनावश्यक सपनाहरूको भारी बोकाएर जबर्जस्त छिमेकी जस्तै ,अर्को जस्तै, फलानो जस्तै बन्न बाध्य पार्ने संर्कीर्ण मानसिकता परिवार र बिधालयबाट खारेज गरिनुपर्छ। प्रत्येक विद्यार्थीलाई उ जे चाहन्छ ,उसको मनोबिज्ञान अभिरुचि जुन क्षेत्रमा छ त्यही बिधाको बाटो निधकर््कसँग रोज्न दिनुपर्छ। सबैमा सबै विषय र क्षेत्रको ज्ञान हुदैन।
कला,साहित्य,अर्थ,उधोग ,ब्यापार ,क्षेत्र र भुगोल अनुसारको कृषि प्रणाली ,पत्रकारिता,पर्यटन ,राजनीति ,बिज्ञान प्राविधि ,चिकित्सा र अन्य थुप्रै बिधा रोज्ने अधिकार हाम्रो तहबाट सुरु गरिनुपर्छ। १० बजेदेखि ५ बजेसम्म लगाम लगाएर जेल हाल्ने होइन निश्चित समयको सैद्धान्तिक शिक्षा पछि ब्याबहारिक रुपमा बाँकी समय विद्यार्थीले आफ्नो कार्यक्षेत्रमा बिताउन पाउनुपर्दछ। तबमात्र ३० औं बर्ष पारिवारिक झमेला र बिश्वबिद्यालय पछिको जीवन कि त बिदेशी भुमिमा कि त दलिय दासता बाट गुजार्ने परिपाटीको अन्त्य हुनेछ।सम्भावनाका ढोकाहरु खुल्ने छ्न आत्मनिर्भरताको बाटो सोझिदै जानेछ ।आर्थिक रुपान्तरण हुँदै जानेछ। ब्याबहारिकता र बिचारहरु बन्दै जानेछन् ।
कर्णाली र काठमाडौं लाई एउटै तुलोमा राखेर समग्र नेपालको सामाजिक संरचनाको अध्ययन बिना बिदेशीले बोकाईदिएका ज्यानभन्दा भारी पोकाहरु भिराएर मुलुकको बिकास समृद्धि, उत्पादन ,आत्मनिर्भरताका दिवा सपनाले केही सत्ता निहित र केही लागानी गर्नसक्ने बर्गको हित हुनेछ तर समग्र मुलुकको अबस्था यसरी नै गुज्रिएर जानेछ।
त्यसैले समाजिक संजालमा कुण्ठा र निरासाका पिडाहरु पोखेर आत्मरतिमा रमाउनु भन्दा जरैदेखि, घरैदेखी र स्थानीय तहदेखि र केन्द्रसम्म सहि नीति र मोडलका खाकाहरुको पक्षमा बोल्दै जाऔँ यहि नै हाम्रो पुस्ताको खास र सहि जिम्मेवारी हुनेछ। बिचार बाट ब्याबहार ,अनुभव र जिम्मेवारी बाट परिपक्व नेतृत्व हामिलाई शिक्षा ,स्वास्थ ,रोजगार ,बिज्ञान ,प्रबिधि ,उधोग र ब्यापार लागएतका सबै क्षेत्रमा नयाँ नेतृत्व उत्पादन हुँदै जानेछ र भ्रष्ट नेतृत्व र राजनीतिको अबसान हुनेछ।
बर्तमान परिस्थिति ,नीति र नेतृत्वबाट आशा अपेक्षा राख्ने दाँत देखाउन गालिका बर्षा गर्ने र अमेरिका अस्ट्रेलियाका लागि राल चुहाउन नछाड्ने संगै नियुक्ति र क्षणिक लाभका लागि पर्दापछाडी हजुरी गर्ने ढोगी चिन्तनले यहि अबस्था रहिरहने छ।
प्रस्तुतकर्ता पोखरेल अखिल छैठौँका केन्द्रिय सदस्य हुन ।
Discussion about this post