कालीगण्डकीको मसाहारमा नियम बिपरित हिडे १००० जरिवाना

76
SHARES
630
VIEWS

जेठ -१४
स्याङ्जाको कालीगण्डकी गाउँपालिका दोस्रो लहरको कोरोना संक्रमणबाट प्रभावित बनेको छ। थप संक्रमणको जोखिम न्यूनीकरणका लागि गाउँपालिका मात्र नभई स्थानीय क्लब तथा टोलहरुले सक्रियता बढाएका छन् ।

यसै क्रममा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मसाहारमा अवस्थित श्री प्रतिभा गाउँ सेवा परिवारले हाल बिश्वब्यापी फैलिएको कोभिड-१९ को संक्रमण दर उच्च रहेको भन्दै मसाहर क्षेत्र १० दिनका लागि सिल गरेको हो।

सिल अवधिभर रुपमा घर बाहिर अनावश्यक रुपमा हिडडुल गरेको पाइएमा दण्ड जरिवाना समेत गर्ने क्लबले जनाएको छ। उक्त शिल अवधिभर अन्य छिमेकी गाउँका महानुभाव हरुलाई सो क्षेत्रमा प्रबेश नगर्न समेत कल्बले अनुरोध गरेको छ।

खाद्यान्नको तथा अन्य समस्या परेको भएको भए क्लबका प्रतिनिधिसंग सम्पर्क गरेको खण्डमा खाद्यान्न उपलब्ध गराउने तथा अन्य समस्या समाधान गर्ने सहयोग क्लबले जनाएको छ। बिना माक्स हिडेको खण्डमा रु ५० र नियम बिपरित गाउँबाट बाहिर हिडेको खण्डमा रु १,००० दण्ड जरिवाना समेत गरिने नियम कालीगण्डकीमा क्लबले पहिलोपटक सार्वजनिक गरेको हो।

कोरोना रोकथामका लागि राज्यको मात्र मुख ताकेर बस्न नहुने र यस्का लागि स्थानीय संघ – संस्था तथा व्यक्ति स्वयं सचेत हुनु पर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार