बुध, कार्तिक ३, २०७८
बुध, कार्तिक ३, २०७८

गणतन्त्र द्वन्द्व पिडीत आमा यमकला ज्ञवालीलाइ आएन

रामकृष्ण कँडेल
वामी
जेठ -१५

एक पटक फेरी रुरु १ च्यूरेक कि सत्तरी वर्षकी अामा यमकला ज्ञवालीले अाफ्ना स्वर्गिय पति भाेजराज ज्ञवालीकाे तस्बिरमा हेरेर धर्धर्ति अाँशु बगाइन ।
गणतन्त्र दिवसले तेह्र वर्ष पूरा गरेकाे छ र यमकला ज्ञवालीका पति यहि गणतन्त्र ल्याउन उठाइएका बन्दुक हरुकाे शिकार भएकाे सत्र वर्ष भएकाे छ ।


धरैले गणतन्त्र दिवसमा शुभकामना साटासाट गरिरहँदा द्वन्द्व पिडित यी सत्तरी वर्षे अामा यमकला ज्ञवालीलाई अाफ्नाे सिन्दुर पुछिदिने गणतन्त्र प्रति कुनै चासाे छैन ।
खाेइ किन मारेका हुन सानाे टँकिमा चिया बेच्ने त्यसैकाे अाम्दानिले अाफ्नाे परिवार पाल्ने कहिल्यै राजनिती गरेकाे पनि जानिन कसैलाइ केही भनेकाे पनि सुनिन त्यस्ताे साेझाे मान्छेलाई किन मारेका हुन त्यस्ता लाई कहिल्यै राम्राे नहाेस हामी त दुखि छौँ नै तिनीहरुलाइ कहिल्यै शुख नहाेस पछ्यौरिले अाँशु पुछ्दै बृद्द अामा यमकला सुँक्सुयाइ रहिन ।

अाँशु त्यसै बग्दैन जब मन पिडाले पाेल्छ अाँशुका भेल बग्छन ।यी बृद्ध अामा यमकला ज्ञवालीकाे पति वियाेगमा कहिले लुकेर र त कहिले देखिएर रुन थालेकाे डेढ दशक बित्दैछ तर उनी तिर फर्केर हेर्ने काेहि छैन ।
छाेरा छाेरीबाबाकाे अभावमा अझै टाेलाउँछन तिनै बाबुकाे सहारा थियाे यी वर्ष हरु हाम्रो परिवारले बिताएका दिन सम्झेर साध्य छैन बाबै यमकलाकाे मन भित्रबाट पीडा बाेल्छ ।


करिव बत्तिस वर्ष भारतमा सामान्य राेजि राेटि गरेर वसेका रुरुक्षेत्र गाउँ पालिका १ का भाेजराज ज्ञवाली अाफ्नाे देश फर्केपछि पनि जीवन यापनका लागि नवलपरासीको सुनवलमा सानाे काठकाे टँकीमा चिया पकाएर जिविका चलाउँथे तर त्यहि चियाकाे टँकी भाेजराज ज्ञवालीकाे मृत्युको कारण बन्याे ।२०६० साल कार्तिक नौ गते बिहान त्यहि गणतन्त्र नौलाे जनवाद र सायद साम्यवाद ल्याउन उठाइएका उन्मदी बन्दुककाे शिकार भाेजराज बने ।उनकाे छाति गाेलीले छेँडियाे तर उनकाे परिवारमा अहिले सम्म त्यहि पिडाले सबैकाे मन छेँडिएकाे छ ।
गणतन्त्र अाएका १३ वर्ष वित्दै गर्दा तिनै गणतन्त्र वादि हरुले सत्ताकाे स्वाद यति मज्जाले चाखेकि अालिशान महल हरु गणतन्त्रको जगमा टेकेर ठडिएका छन तर यमकला ज्ञवाली एका विहान उहीँ जिर्ण घरकाे दैलाे लिप्छिन र भत्केकाे गाेठ हेरेर चित्त बुझाउँछिन ।

घरमुनिबाट मन्त्री हरुका गाडि धुलाे उडाउँदै कति पटक दगुरे ।पिडाका यी वर्ष हरुमा कति नेताले भाेट मागे तर उनकाे पिडामा मलम कसैले लगाएन ।
बैशाखकाे चर्काे घाम भनिन मँसिरकाे चिसाे सिरेटाे नभनेर कति पटक भाेट दिएँ तर कसलाई दिएर के भाे अब त म भाेट दिन कहिल्यै जान्न यमकला भन्छिन ।
केही दिन नसके पनि मन बुझाउन बाेली त दिन सकिन्छ तर बाेली दिँदा पनि पैसा लाग्ला झैँ गर्छन नेता भन्ने हरु यमकलाकाे गुनासाे छ ।
प्रदिप ज्ञवाली अाउँछन रे भनेर कति पटक कुरेर बसे सबै कुरामात्र रैछ दुखिका घरमा मात्र दूख अाउँछ अरु त काेहि अाउने रैनछ यमकलाकाे दुखेसाे छ ।
जीवनका सात दशक पूरा गरेकी यी अामाका लागि अाँशु नियति हाे ।गज्जबकाे कुरा त यतिका वर्ष सम्म उनकाे पीडा खाेज्न कुनै पत्रकार पनि उनकाे अाँगनकाे डिलमा पुगेकाे छैन ।

गणतन्त्रले १३ वर्ष पूरा गरिसक्दा राजनितीक लुछाचुँडिकाे खेलमा गाउँघरका द्वन्द्व पिडीत अामा यमकला ज्ञवालीका घरमा राज्यको नजर पर्ने त कुरै छैन ।
यदि जनताका लागि गणतन्त्र अाएकाे भए यमकला हरुका दुखेका मन हरुमा मलम लाग्नु पर्थ्याे तर गणतन्त्र जनताका लागि हाेइन नेताका लागि मात्र भएकाे अनुभुति बाहेक यमकला जस्ता अामा हरुले के गर्न सक्छन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार