कालीगण्डकीमा सामाजिक स्वास्थ्य बिमा सेवा आरम्भ

41
SHARES
340
VIEWS

मीन थापा

स्याङ्जा : २४ जेठ २०७८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा संचालित कालीगण्डकी अस्पताल मिर्मीले सामाजिक स्वास्थ्य बिमा सेवा कार्यक्रम आरम्भ गरेको छ ।

भर्चुअल कार्यक्रम मार्फत २३ जेठमा गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले सामाजिक स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्नुभएको हो।

२०७७ फागुन ११ गते माननीय मन्त्री पद्मा अर्यालले समुद्घाटन गर्नुभएको अस्पतालले अहिलेको जोखिम परिस्थितिमा पनि जनताको सारथी बनेर सेवा दिइरहेको छ ।

हाल विश्व नै आक्रान्त हुने गरेर फैलिएको कोभिड १९ को दोस्रो लहरको महामारीमा अस्पताल सिंगो कालीगण्डकी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिका तथा छिमेकी नगरपालिका गल्याङ नगरपालिकाका नेपाली जनताहरूका लागि कोसेढुंगा सावित भएको छ ।

छिमेकी जिल्ला पाल्पामा भएको लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालसम्म पुगेर पनि बिरामीले बेड नपाइरहेको अवस्थामा बिरामीहरूका लागि कालीगण्डकी अस्पताल वरदान सावित भएको बिरामीका आफन्तले बताउने गरेका छन्।

यसैबिच आफूहरू जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि जनतासँग गरेको बाचा पुरा गरिएको भर्चुअल कार्यक्रम मार्फत अध्यक्ष थापाले बताउनु भएको थियो । बाँकी अरू विकास निर्माणका योजना पनि पुरा हुँदै गएको र गर्न बाँकी विकास निर्माणका काम पनि पुरा गरिने थापाले जानकारी गराउनु भएको थियोे ।

अब कालीगण्डकीमा आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट कोही पनि नागरिक बन्चित हुन नपर्ने गा.पा. उपप्रमुख साबित्रा कोइरालाले जानकारी गराउनुभएको थियोे ।

सामाजिक स्वास्थ्य बिमा सेवा घोषणा कार्यक्रममा
प्रमुख अतिथि गा.पा. अध्यक्ष , विशिष्ट अतिथिको रूपमा गा.पा. उपाध्यक्ष साबित्रा कोइराला तथा प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीको उपस्थिति रहेको थियोे । कार्यक्रमको अध्यक्षता वाड नं ७ का अध्यक्ष मुक्ति प्रसाद भट्टराईले गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण युगराज थापाले गर्नुभएको थियोे।

सामाजिक स्वास्थ्य बिमा कार्यक्रमको बारेमा अस्पतालका मेडिकल अधिकृत डाक्टर सुशिल ढुंगाना , पुर्व स्वास्थ्य संयोजक पदम प्रसाद पाण्डे तथा प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवाली र अस्पताल प्रमुख चेतन कंडेलले आफ्नो धारणा राख्नुभएको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार