गोकर्ण पाण्डे/गुल्मी।गुल्मीमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पीसीआर परिक्षण गर्दा ३ र एन्टिजेन परिक्षण गर्दा ३४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे रेसुङा नगरपालिकामा दुई जना,छत्रकाेट गाउँपालिकामा दस जना, रुरुक्षेत्र गाउँपालिकामा तीन जना,सत्यवती गाउँपालिकामा पाँच जना,इस्मा गाउँपालिकामा छ जना, मुसिकाेट नगरपालिकामा छ जना, धुर्कोट गाउँपालिकामा तीन जना,मालिका गाउँपालिकामा एक जना,कालीगण्डकी गाउँपालिकामा एक जना गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ५७५ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ६५ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार १५७जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।
गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाकाे मृत्यु भएको छ। याे सँगै दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ८७ पुगेको छ।
Discussion about this post