जेठ ३०
अविरल वर्षाका कारण सिदार्थ राजमार्ग अवरुद्ध भएको छ।
आज बिहान करिब ६:३० बजेको समयमा स्याङ्जाको फेदिखोला गा.पा. वडा नं. २ भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा अविरल बर्षाको कारण माथिबाट पहिरो जादा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यलय स्याङ्जाका अनुसार हाल उक्त सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको र सडक बिभाग र सम्बन्धित निकायसँग समन्वय गरी बाटो खुलाउने पहल भैरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी दिएको छ।
Discussion about this post