मीन थापा
स्याङ्जा – ३१ जेठ २०७८
CRBS Nepal Pokhara कास्कीको तर्फबाट कालीगण्डकी अस्पताल मिर्मीलाई कोरोना संक्रमित बिरामीको सेवामा प्रयोगमा आउने स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।
CRBS Nepal Pokhara को तर्फबाट अक्सिजन कन्सनट्रेटर मेसिन १ थान , Pulse Oximeter ५ थान र ६२ थान पिपिई सेट प्राप्त भएको हो ।
आज अस्पताल प्रांगणमा CRBS Nepal Pokhara कास्कीको तर्फबाट कोरोना संक्रमितको सेवामा प्रयोगमा आउने उक्त स्वास्थ्य सामाग्री गाउँपालिका प्रमुख खिम बहादुर थापाले ग्रहण गर्नु भएको हो ।
सामाग्री हस्तान्तरणका लागि CRBS Nepal Pokhara Kaski को तर्फबाट संस्थाका अध्यक्ष बिजय प्रधान लगायत अन्य सहकर्मीहरूको उपस्थिति रहेको थियोे ।
CRBS Nepal Pokhara Kaski को तर्फबाट प्राप्त उक्त स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष थापाले अस्पतालका मेडिकल अधिकृत डाक्टर रेशम रानालाई हस्तान्तरण गर्नुभएको छ ।
कोरोना महामारीको जोखिम न्यून भईनसकेको अवस्थामा सहयोग स्वरूप अस्पताललाई प्राप्त स्वास्थ्य सामाग्री उचित प्रयोगमा आउने र महामारी नियन्त्रणमा कोसेढुंगा सावित हुने भन्दै गा.पा.प्रमुख थापाले CRBS Nepal Pokhara Kaski लाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै गरी विपदको घडीमा प्राप्त स्वास्थ्य सामाग्रीको कारण अधिकतम रूपमा बिरामीको सेवामा सहजता आउने मेडिकल अधिकृत डाक्टर रेशम रानाले विश्वास व्यक्त गर्नुभयो ।
विषम परिस्थितिमा कोरोना नियन्त्रणका लागि कालीगण्डकी अस्पताल मिर्मीले निभाएको भूमिकाको तारिफ गर्दै CRBS Nepal Pokhara Kaski का अध्यक्ष बिजय प्रधानले अस्पताल तथा गाउँपालिकालाई धन्यवाद दिनुभएको छ ।
CRBS Nepal का व्यावस्थापक कृष्ण लामिछानेको बर्षाका कारण उपस्थिति रहेन । यद्यपि वहाँले कालीगण्डकी अस्पताल मिर्मी र गाउँपालिकाले कोरोना महामारी नियन्त्रणका लागि खेलेको भूमिका प्रति कृतज्ञता व्यक्त गर्दै शुभकामना सन्देश पठाउनु भएको थियोे ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको सहजीकरण तुलसा थापाले गर्नु भएको थियोे ।
Discussion about this post