असार-६।
साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो ।
३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा राेकिएकाे छ । नेप्सेमा कारोबार हुने अधिकांक कम्पनीहरुको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।
नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलव ३२ अंकमा झरेकाे छ । नेप्से परिसूचक ठूलाे अंकले घट्दा काराेबार रकम भने यस अघिकाे काराेबार भन्दा थाेरै सुधारिएकाे छ । गत बिहीबार ११ अर्ब भन्दाकमकाे काराेबार भएकाेमा आइतबार भने साढे ११ अर्ब हाराहारीमा काराेबार भएकाे छ ।
आइतबार अत्यन्तै कममात्रै कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज बढ्नेमा ऋणपत्रहरु देखिएका छन् भने धेरै गुमाउनेहरुमा फाइनान्स र विकास बैंक समूह देखिएका छन् ।
Discussion about this post