रुरुक्षेत्र गाउँपालिकाद्वारा किसानहरुलाई सुन्तलाका बिरुवा प्रदान

15
SHARES
126
VIEWS

चुरामणि तिमिल्सिना
असा-९। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ ले कृषक हरुलाई सुन्तलाका विरुवा वितरण गरेको छ।

वडा नम्बर ४ मा पहिलो चरणको कार्यक्रम अन्तर्गत केही विशेष क्षेत्रलाई किटान गरि यो अभियान सुरु गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवालीले बताउनु भयो।

अध्यक्ष ज्ञवालीले वडा नम्बर ४ मा आफुहरुजन प्रतिनिधि भएर आए पछी विशेष प्राथमिकता साथ यो वडालाइ सुन्तलाको नामबाट पहिचान गराउन लागि पर्दै यस बर्ष पनि किसान बर्गहरुको २४ लाख र पालिकाको २४ लाख गरि४८ लाखको कार्यक्रम अनुसार बिरुवाहरु आवश्यक उपकरणहरु तथा मलहरु उपलब्ध गराइयको बताउनु भयो ।

यस वडामा ज्ञवा, आरुनटोला , थप्लुङ, यस्तै रानिबास, नुनथला काब्रे हर्दै मुसिडाडामा यो कार्यक्रम सञ्चालन गरिएको छ ।

पालिकाले १ वडा १ उत्पादन पकेट क्षेत्र कार्यक्रम सन्चालन गर्दा किसानहरुलाई प्रत्यक्ष फाइदा पुगेको वैदेशिक रोगाजामा हुमिएका युवाहरु राहादानिलाइ त्याग्दै सक्रिय रुपमा समुह बनाइ काम गरिरहेको देख्दा गरे केहुन्न र भन्ने उदाहरण यस वडाले देखायको बिरुवा बितरण गर्न पुग्नुभएका वडा सदस्य मोति श्रेष्ठले बताउनु भयो ।

किसान बर्गहरुले आफुहरुलाई यस्ता कार्यक्रमले फाइदा पुगेको भन्दै पालिकालाई धन्यवाद समेत दिएका थिए ।

यसरी सुन्तला पकेट क्षेत्र आगामी ३ बर्ष पछी भ्रमण गर्न मिल्ने खालको बनाउन किसानहरुलाई प्राबिधिक सल्लाह पनि दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार