चुरामणि तिमिल्सिना
असार -१०। रुरुक्षेत्र गाउँपालिका गुल्मीले आगामि आर्थिक बर्ष ७८ /७९ को लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी पन्थले आर्थिक बर्ष ७८/७९ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।
उपाध्यक्ष पन्थले सार्वजनिक गर्नुभएको कार्यक्रम स्वागत योग्य भएको भन्दै सर्वसम्मत रुपमा पारित गरिएको हो। आजै रुरुक्षेत्र गाउँपालिकाको १०औं गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९को लागि रु .४८,५२,३४,०००!- बजेट पेस समेत गरिएको छ।
असार २३ गते सभाको अर्को बैठक बस्नेछ । कार्यक्रममा शिक्षा, स्वास्थ्य , खानेपानी, रोजगार , सडक निर्माण सम्पदा निर्माण, युवा रोजगार , कोभिड रोग नियन्त्रण र विभिन्न सचेतना अभियान लगायतमा जोड दिएको छ।
पालिकाका अध्यक्ष निलकण्ठ गौतमको अध्यक्षतामा कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रशासकीय अधिकृत छत्र बहादुर अधिकारी , निर्वाचित जन प्रतिनिधिहरु गाउँपालिकाका कर्मचारीहरु, पत्रकार , राजनैतिक दलका प्रमुखहरु लगायतको सहभागीता रहेको थियो।
Discussion about this post