स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा ५५ करोड ३८ लाख ८२ हजारको बजेट सार्वजनिक

54
SHARES
453
VIEWS

असार -१०
यम सोमै -स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि नवौ गाउँसभा मार्फत ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाले नवौ गाउँ सभा मार्फत आर्थिक वर्ष २०७८/२०७९ को लागि तय गरेको नीति तथा कार्यक्रम अनुरुप प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको बजेट सार्वजनिक कार्यक्रममा पालिकाकी उपाध्यक्ष साबित्रा कोइरालाले आर्थिक वर्ष २०७८/७९ को लागि बजेट प्रस्तुत गर्नु भएको हो।

आगामी वर्षका लागि सार्वजनिक गरिएको बजेटमा वडा स्तरीय आयोजनाका लागि २ करोड ४५ लाख र २९ करोड ५० लाख ८२ हजार पालिका स्तरीय तथा पालिका गैरवका लागि छुट्याइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकाद्वारा सार्वजनिक गरिएको बजेटले सडक , खानेपानी , शिक्षा , कृषि तथा स्वास्थ्यका क्षेत्रलाई प्राथमिकता राखेको छ।यो आर्थिक वर्षमा मिर्मी भुष्टुङ -रुद्रबेणी सडक खण्ड कालोपत्रे हुने , मालुङ्गा बेल्टारी -वारि चौर- रिडी- शालिग्राम लोक मार्ग र छाप दब्छे सुलसुले वैघा सडक खण्डले पूर्णता पाउने भएका छन् । इसिडी शिक्षकहरूलाई मासिक १५ हजारको वयवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार