शुक्र, साउन १५, २०७८
शुक्र, साउन १५, २०७८

पाल्पामा सडक कालोपत्रे गर्ने क्रममा आगलागी हुँदा २ जना घाइते

असार १३
पाल्पामा सडक कालोपत्रे गर्ने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ६ होलाङ्दी स्थित भित्री सडक खण्डमा कालोपत्रे गर्ने क्रममा लु २ क ४३६९ नम्बरको डिस्टिब्युटर सवारीमा आगलागी हुँदा सोही स्थानमा काम गर्ने दुई जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यलय पाल्पाला सूचना अधिकारी एवम् प्रबक्ता लक्ष्मण पचभैयाले जानकारी दिनु भयो।

घाइते हुनेहरुमा इस्मा गाउँपालिका वडा नम्बर २ गुल्मी बस्ने २० वर्षिय बाशु मुखिया र सोहि स्थानका २२ वर्षीय तेज बहादुर कुमाल रहेका छन् ।

घाइते दुवै जनाको युनाइटेड अस्पताल पाल्पामा उपचार भैरहेको र आगो निभाउनेकार्य भैरहेको प्रहरीले जनाएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार