असार -२३
स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
हिजो बिहान साढे सात बजेको समयमा ११ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा फेदीखोला गाउँपालिकाका ४० वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।
पक्राउ परेका आरोपित ४० वर्षका पुरुषलाई करणी कसुर सम्बन्धि जबरजस्ती करणीमा मुद्वामा मुद्वा गरि जिल्ला अदालत स्याङ्जा बाट ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता अधिकारीले जानकारी दिनु भयो।
Discussion about this post