नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण

44
SHARES
97
VIEWS

नेपालमा कोरोना संक्रमण हुनेको संख्या साढे २६ हजार नाघेको छ ।

गत २४ घण्टामा देशभर गरिएको परीक्षणका कारण ६४१ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए ।

पछिल्लो २४ घण्टामा १२ हजार दुई सय ४७ जनाको पीसीआर परीक्षण भएको छ । साथै पछिल्लो २४ घण्टामा एक सय ३४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार तीन सय ३५ पुगेको छ ।

अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा नौ हजार दुई सय २१ जना छन् । यस्तै १५ हजार दुई सय ४३ जना क्वरेण्टीनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार