असार -२४
पाल्पा – पहिरोमा परि बेपत्ता भएका तिनाउ गाउँपालिका वडा नम्बर ५ गिट्टिखानीका ४ वर्षीय आरोप परियार मृत अवस्थामा फेला परेका छन् ।
आज बिहान करिब ४ बजेको समयमा तिनाउँ गाउँपालिका वडा नम्बर ५ गिट्टीखानीमा घर माथीबाट पहिरो जादा सुरक्षित स्थानमा भाग्ने क्रममा बेपत्ता भएका आरोप परियार खोजतलास गर्ने क्रममा करिब १.५५ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातील जानकारी दिनु भयो।
मृतक परियारको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा ल्याएइको सूचना अधिकारी एवम् प्रबक्ता त्वातीले जानकारी दिनु भयो। सोही पहिरोमा परि अन्य एक जना र ७ जना घाइते भएका थिए।
Discussion about this post