भीरकोट नगरपालिकाले आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले स्याङजाको फेँदिखोला १ मा रहेको अमोर सेवा नेपाल र पोखरा महानगरपालिका १७ मा रहेको मानव सेवा आश्रमलाई झण्डै एक लाख बराबरको सहयोग गरेको हो ।
अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुली र मानव सेवा आश्रम पोखराका जिल्ला संयोजक राजन सापकोटालाई नगरप्रमुख छायाराम खनालले हस्तान्तरण गर्नुभएको हो । खाद्यान्न हस्तान्तरण गर्दै नगरप्रमुख खनालले आश्रममा विभिन्न स्थानका व्यक्तिहरु तथा टुहुरा बालबालिकाहरुलाई आश्रय दिएको संस्थालाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । साथै प्रमुख खनालले आश्रमहरुलाइ राम्रो राख्न सकियो भने मानव कल्याण हुने उल्लेख गर्नुभयो ।
मानव सेवा आश्रम पोखरामा विभिन्न स्थानका १ सय २ जनाले आश्रय लिएका छन भने अमोर सेवा नेपालमा २० जना अनाथ बालबालिका रहेका छन ।
Discussion about this post