गुल्मीमा सामन किनबेच गर्दागर्दै भवन भत्किए पछि।

20
SHARES
167
VIEWS

चुरामणि तिमिल्सिना
असार-२७। आइतबार बिहान मुसलधारे पानी पर्दा चन्द्रकोट गाउँपालिका वडा नम्बर २ बिसुखर्क भञ्ज्याङ्ग स्थित सुवेदी फेन्सी तथा किराना पसल भएको घर भत्किएको छ। घर भत्किदा पसलनै सार्नुपरेको पसलका सन्चालक भिमु सुवेदीले जानकारि दिनुभयो ।

आज दिउँसो दिउँसो १ बजे तिर पसलमा सामन बिक्रि गर्दा गर्दै भवन भत्किएको स्थानिय श्रीराम गौतमले बताउनुभयो।

भवन भत्किदा साथ स्थानियको सहयोगमा पसलका सामान हरु पसल सन्चालक सुबेदिको घरमा सारिएको हो ।

घटनामा मानवीय क्षति नभएको र भौतिक क्षतिको बिवरण उपलब्ध नभएको वडा सदस्य किसान बि.कले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार