असार-२८
पाल्पामा अवैध मृत राते मृग सहित ४ जना पक्राउ परेका छन् । हिजो राती करिव ११:३५ बजेको समयमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ हार्थोकमा प्रहरी चेकजाचको क्रममा बुर्तिबाङ्गबाट बुटवल तर्फबाट जाँदै गरेको ध १ ज ४६५ नम्बरको बोलेरोमा मृत अवस्थामा मृग फेला जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो।
बोलेरोमा सवार ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान लागि डिभिजन वन कार्यलय पाल्पा बुझाइएको प्रहरीले जनाएको छ।
Discussion about this post