कर्मचारीमा कोरोना संक्रमण देखिए पछि वडा कार्यलय बन्द

62
SHARES
516
VIEWS

असार -२८

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का एक जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भए संगै वडा कार्यलय बन्द भएको छ। वडामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिए संगै संक्रमणको थप जोखिम न्यूनीकरण गर्नका लागि वडा कार्यलय बन्द गर्ने निर्णय गरिएको वडा अध्यक्ष राम बहादुर आलेले जानकारी दिनु भयो। कार्यलयमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको पिसिआर परिक्षण गरिएको र सो को नतिजा नआउँदा सम्म कार्यलय बन्द रहने वडा अध्यक्ष आलेले जानकारी दिनु भयो।वडा कार्यलय बन्द हुँदा सेवाग्राही प्रती पुग्ने असुविधा प्रती वडा कार्यलयले ध्यानाकर्षण भएको तर जोखिम न्यूनीकरणकै लागि पालिकाको आग्रह बमोजिम उक्त निर्णय गरेको वडा अध्यक्ष आलेले जानकारी दिनु भयो। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा गण्डकी प्रदेशमै पहिलो पटक नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएको थियो। हाल नयाँ भेरियन्टबाट संक्रमित हुने दुवै जना संक्रमणमुक्त भैसकेका छन् । उनीहरुमा कुनै प्रकारको स्वास्थ्य समस्या समेत नभएको बताइएको छ। दोस्रो लहरको कोरोना संक्रमणबाट कालीगण्डकी गाउँपालिका पछिल्लो समयमा प्रभावित बन्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार