पाल्पाको ख्याहमा ७० वर्षका पुरुष पधेरामा मृत फेला

50
SHARES
413
VIEWS

साउन -०४। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा शान्ति चौरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेको व्यक्ति सोही स्थानका ७० वर्षका शालिकराम बिक रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ।

बिकलाई आज बिहान करिब ७ बजेको समयमा पहिरोको पधेरा माथी मृत अवस्थामा बिक फेला पारिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। रिब्दीकोट गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बिष्णु प्रसाद गैरेका अनुसार मृतक बिक साउन १ गते घरबाट हराएका थिए। आज बिहान शालिकराम खिलुवाको ठुटामा अड्किएको अवस्था मृत फेला परेका थिए। घटना हेर्न पुग्नु भएका स्थानिय रामजि प्रसाद भट्टराईले दिनुभएको जानकारी अनुसार बिकको शारीरिक अवस्था टाउको तल , खुट्टा माथी र मुख घोप्टो परेको अवस्थामा भेटिएका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार