मगर भाषिक भिडियो प्रतियोगितामा कालीगण्डकी दब्छेकी माल्भिका बनिन् प्रथम

21
SHARES
179
VIEWS

साउन -०९

स्याङ्जा -पछिल्लो पुस्तामा आफ्नो मातृभाषा रीतिरिवाज र संस्कृति प्रती रुचि कम हुँदै गएको परिप्रेक्ष्यमामा भाषा कला र संस्कृतिलाई जोगाउनका लागि सामाजिक संजाल फेसबुक समूहमा सक्रिय मगर संसार फोटो ग्यालरीद्वारा आयोजित १५ वर्ष मुनिका भाइबहिनीहरुको मगर भाषिक भिडियो प्रतियोगितामा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ दब्छे स्याङ्जाकी माल्भिका थापा मगर प्रथम बन्न सफल भएकी छिन् । साउने संक्रान्तिको अवसरमा आयोजित उक्त मगर भाषिक भिडियो प्रतियोगितामा थापा मगरले ३५ सय भन्दा बढी लाइक सङ्ख्या प्राप्त गरि बिजयी भएकी हुन् । कालीगण्डकी गाउँपालिकाको धुर्व ज्योति माविमा कक्षा ३ मा अध्ययनरत थापा मगर उमेरले सात वर्ष पुगेकी छिन् । पछिल्लो पुस्तामा मातृभाषा बोल्न नजान्नेहरुको सङ्ख्या धेरै रहेको पाइन्छ। यस्तो अवस्थामा आफ्नो मातृभाषालाई संरक्षण गर्न र मातृभाषाको ज्ञान नभाएकाहरुले सिक्नु पर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार