५ करोड बजेटमा रुरुधाममा अवस्थित पुराना धार्मिक संरचनाले मुहार फेर्दै

23
SHARES
190
VIEWS

चुरामणि तिमिल्सिना
साउन १२।
पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल तथा विश्वकै धार्मिक, पौराणिक एतिहासिक एवम् पर्यटकीय पवित्र तिर्थस्थल रुरुक्षेत्र धाममा पुराना संरचनाको यसै वर्ष काम सुचारु गर्न ५ करोड बजेट परेको व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले जानकारी दिनुभयो। नेपाल सरकार पुरातात्त्विक विभागले यश हृषीकेश मन्दिर परिसरमा रहेको एतिहासिक तथा कलात्मक राधाकृष्ण मन्दिरलाई मर्मत गरि तामाको पाताले छाउने, मन्दिरमा राम्रा र आकर्षक ढुङ्गा छाप्ने यस्तै भिमसेन राजाले बनाएको जिर्ण अवस्थामा रहेको सत्यश्वर शिवालय पौवालाई पुन निर्माण गरिने कार्य अब लगत्तै सुरु गर्नका लागि ठेक्का समेत भैइसकेको र यश कार्य सम्पादन गर्न वडा नम्बर १४ अर्गलीबाट जुन सुकै सहयोग उपलब्ध गराउने वडा अध्यक्ष कमल रानाले जानकारी दिनुभयो। बारम्बार मन्दिर तथा पौवामा झ्याटी मर्मत गरिरहदा बादर र हावाहुरी आउँदा झ्याटी इट्ता खसिरहेने र मन्दिर परिक्रमा गर्दा समेत खसेर लाग्ने भएकोले समितीले पुरातात्त्विक विभागलाई निर्माण गर्न पत्रचार गरेपछि बजेट विनियोजन भएको अध्यक्ष भट्टराई ले बताउनुभयो ।

यता यश कार्य सम्पदान गर्न आफुहरुलाई मन्त्रालयमा रहेर सहयोग पुर्याउने पुनः निर्माणका प्रमुख सुशील ज्ञवाली , पूर्व अर्थमन्त्री बिष्णु पौडेल , अन्य विभिन्न क्षेत्रमा सहयोग गर्नु सबैलाई संस्थाको तर्फबाट अध्यक्ष भट्टराईले धन्यवाद दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार