गुल्मीको यादुङ जोड्ने सडक १० दिन देखि अवरुद्ध

26
SHARES
216
VIEWS

चुरामणि तिमिल्सिना
गुल्मी
साउन १२- गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ याडुङ बेशिका चौर तल्लो ग्वादीका बासिन्दाहरु १० दिनदेखि सडक विहीन भएका स्थानिय पवन कुँवरले जानकारी दिनुभयो। श्रावण १ गते देखि केहि दिन अघि सम्म परेको अविरल वर्षाले गर्दा ताल खोला नजीक सडकमा पहिरो खसेपछी सडक अबरुद्र भएको स्थानिय बासिन्दाले पटक पटक वडा अध्यक्ष तथा गाउँपालिकालाई सडक सञ्चालन गरिदिन आग्रह गर्दा पनि सडक जस्तो विकासको पुर्बाधारलाई वेवास्ता गरेको समाजसेवी गिरि प्रसाद कुँवरले जानकारी दिनुभयो। कुँवरले रात विखतमा बिरामी भएको खण्डमा भने एम्बुलेन्स आवतजावत गर्न समेतसडक नभएको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार