स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

23
SHARES
192
VIEWS

साउन १३

स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर २ कि ६० वर्षीया महिला र फेदीखोला गाउँपालिका वडा नम्बर १ का ३६ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। मृतक ६० वर्षीया महिलामा असार २७ गते र ३६ वर्षीया पुरुषमा असार २६ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। आज थप दुई जना गरि स्याङ्जामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार