पाल्पामा सवारी दुर्घटना हुँदा ३ जना घाइते

20
SHARES
168
VIEWS

साउन -१३
पाल्पामा आज दिउँसो सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । आज अपराह्न ४:१५ बजेको समयमा तिनाउँ गाउँपालिका वडा नम्बर ५ चरचरे स्थित सिद्वार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु २ ख ४४९९ नम्बरको खाली ट्रक अनियंत्रित भै सडकबाट ८० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो।

सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीका अनुसार दुर्घटनामा परि घाइते हुनेहरुमा ट्रक चालक सुनवल नगरपालिका वडा नम्बर ९ नवलपरासीका ४३ वर्षीय मोहन भट्टराई , ट्रकमा सवार बुटवल उपमहानगरपालिका वडा नम्बर १३ वस्ने ३० वर्षीय धिरज शाह र प्रतापपुर गाउँपालिका वडा नम्बर ९ नवलपरासीका ३८ वर्षीय राज च्यामर रहेका छन् । दुर्घटनामा घाइते परि हुने हरुमध्ये धिरज शाह र राज च्यामरको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। घाइते तिनै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास , पाल्पामा उपचार भैरहेको छ। उक्त सवारी दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार