स्याङ्जामा प्रहरीद्वारा कोभिड-१९ विरूद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन

23
SHARES
189
VIEWS

साउन -२०
स्याङ्जा प्रहरीद्वारा आज कोभिड -१९ विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ स्थित शहिदचोकबाट स्याङ्जा बजार , ट्राफिक चोक , अभियान पथ , ग्यालेक्सी चोक सहित स्याङ्जा बजार क्षेत्रमा कोभिड -१९ को तेस्रो लहर सम्बन्धि माइकिङ कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन बिकको नेतृत्वमा १६ जना प्रहरी टोलिले हाल उच्च जोखिम अवस्थामा सुरक्षित रहनका लागि अपनाउनु पर्ने सावधानी सम्बन्धि जानकारीमुलक माइकिङ गरिएको समेत जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारीले जानकारी दिनु भयो। सचेतना कार्यक्रममा पर्चा पम्पलेट वितरण , तपाईंको मास्क खोइ कार्यक्रम अन्तर्गत मास्क नलगाई बजारमा हिड्ने व्यक्ति , सवारी चालक , सहचालक र यात्रुलाई २०० थान मास्क वितरण समेत गरिएको अधिकारीले जानकारी दिनु भयो। यस्तै गरि स्याङ्जामा वडा प्रहरी कार्यलय वालिङ र ईलाका प्रहरी कार्यलय चापाकोटले कोरोना विरुद्ध जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार