कोरोना संक्रमितको सङ्ख्या बढेको भन्दै स्याङ्जामा साउन-३२ गते सम्म निषेधाज्ञा थप

40
SHARES
337
VIEWS

साउन -२१
स्याङ्जा- जिल्लामा कोभिड संक्रमितहरुको सङ्ख्या बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले साउन ३२ गते सम्म निषेधाज्ञा थप गरेको छ। संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७८।०१।१३ को निर्णय तथा जिल्ला सुरक्षा समिति स्याङ्जाको मिति २०७८।०४।२१ को निर्णय समेतका आधारमा संक्रामक ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८को दफा ६(३) ले दिएको अधिकारी प्रयोग गरि २२ गते राती बेलुका १२ बजे देखि लागू हुने गरि ३२ गते १२ गते सम्मको लागि निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञा अवधीभर जारी आदेशलाई उल्लंघन गरिएमा संक्रामक ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने व्योहोरा समेत सूचनामा उल्लेख गरिएको छ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने र निस्कनै परेको खण्डमा सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न आग्रह गरिएको छ। सवै प्रकारका गोष्ठी , तालिम , सभा , सेमिनार , भेला , भिडभाड गर्न , नारा जुलुस गर्न तथा मेला पर्व आयोजना गर्न निषेध गरिएको छ।सिनेमा हल , पार्टी प्यालेस , होटल , रेष्टुरेन्ट , नाचघर , फुटसल , जिमखाना , ब्युटीपार्लर , शैलुन संचालन गर्न निषेध गरिएको छ। होटल र रेष्टुरेन्टबाट भने खानेकुरा प्याकिङ गरेर लैजान वयवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार