स्याङ्जा , पाल्पा र गुल्मी जोड्ने तीन मुखे पुल निर्माण कार्य तिब्र गतिमा

73
SHARES
605
VIEWS

साउन -२१
गुल्मी , स्याङ्जा र पाल्पा जोड्ने तीन मुखे पुल निर्माण कार्यले तीव्रता पाएको छ। एसियाकै नमूना पुलले नेपालको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका , पाल्पा जिल्लाको रुरु धाम र स्याङ्जाको कालीगण्डकी गाउँपालिका जोड्ने छ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको पुलले पछिल्लो चरण निर्माण कार्यले तीव्रता पाएको हो। अहिले पाल्पा र गुल्मी क्षेत्रमा पुल निर्माण कार्य भैरहेको साइट म्यानेजर करण बर्माले कालीगण्डकी पोष्टलाई जानकारी दिनु भयो। गत असारमा कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जा तर्फको लाठाहरु केही बटारिएको साइट म्यानेजर बर्माले जानकारी दिनु भयो। अहिले पानीको सतह उच्च रहेको स्याङ्जा क्षेत्रको निर्माण हिउँदमा मात्र सम्भव भएको बर्माले बताउनु भयो।

यो वर्षको अन्त्य सम्ममा पुल निर्माण कार्यले पूर्णता पाउने समेत साइट म्यानेजर वर्माले जानकारी दिनु भयो। निर्धारित समयमा निर्माण कार्य सम्पन्न नभए पनि पछिल्लो चरणमा पुल निर्माणले तीव्रता पाउदा स्थानीयबासी खुसी भएका छन् स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले निर्माणका लागि नयाँ बाटो , रुबिना र मना जेबी गरि तीनवटा कम्पनीलाई निर्माणका लागि जिम्मा प्रदान गरेको थियो। उक्त पुल ९ करोड , ८८ लाख २६ हजार ३सय ३२ लागतमा निर्माण हुन लागेको हो। यस्तै गरि यो पुल पाल्पा , स्याङ्जा र गुल्मीका तीन तिरबाट १ सय ७७ दशमलव ४ लम्बाई रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार