साउन-२४। स्याङ्जा जिल्लामा बढ्दै गएको कोभिड-१९ को महामारीबाट बच्नको लागि अपनाउनुपर्ने सबै प्रक्रियालाई अपनाउँदै कोरोना नियन्त्रण गर्ने उद्धेश्य अनुरुप जिल्ला प्रहरी कार्यलय स्याङ्जाले निशुल्क मास्क वितरण कार्यक्रमको उद्घाटन गरेको छ। आज बिहान १०:३० बजे जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १ शहिदचोक स्थित जिल्ला प्रहरी कार्यालय स्याङ्जाको मुलगेट अगाडी जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आन्तरिक व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जा, जिल्ला रेडक्रस स्याङ्जाको सहकार्यमा निशुल्क रूपमा १०,००० थान मास्क वितरण गर्नको लागी डेस्क स्थापना गरी संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता पदमराज थापाले जानकारी दिनु भयो। उक्त “निशुल्क मास्क वितरण” कार्यक्रम स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालज्यूको प्रमुख आतिथ्यतामा समुद्धघाटन गरिएको समेत जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम प्रबक्ता पदमराज थापाले जानकारी दिनु भयो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होबिन्द्र बोगटी , स्थानियहरू र प्रहरी कर्मचारीहरू गरी जम्मा १८ जनाको उपस्थिति रहेको समेत सूचना अधिकारी एवम् प्रबक्ता थापाले जानकारी दिनु भयो।
अभियान अन्तर्गत आज मास्क नलगाई हिडडुल गर्ने व्यक्तिहरू १५० जनालाई निशुल्क मास्क वितरण गरीएको छ। उल्लेखित सरोकावाला निकायहरूसँग समन्वय गरी आगामी दिनहरूमा समेत निशुल्क मास्क वितरण कार्यक्रमलाई निरन्तरता दिईने समेत जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।
Discussion about this post