पाल्पामा सवारी दुर्घटना हुँदा ११ जना घाइते

55
SHARES
462
VIEWS

साउन -३२
पाल्पामा आज बिहान विङ्गर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौबाट कुन्छरे तर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर जिप आज बिहान तानसेन नगरपालिका वडा नम्बर ७ सालघारी स्थित सराई भित्री सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। सडकबाट करिब १५ मिटर तल खसेको विङ्गरमा सवार एघार जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते हुनेहरुमा तानसेन नगरपालिका वडा नम्बर ७ कुन्छरेका नरबहादुर कुमाल , बिक्रम गैरे , प्रम बहादुर बकवाल , हुम बहादुर राना , बिक्रम नेपाली , अर्जुन पल्ली , सोम बहादुर न्यौपाने , योगेश सारु , पवन कुमार गाहा , सन्तोष गैरे र तानसेन नगरपालिका वडा नम्बर ६ का सोम राना रहेका छन् । घाइतेहरु मध्ये २९ वर्षीय नर बहदुर कुमालको अवस्था गम्भीर रहेको छ। घाइते सवैको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाना उपचार भैरहेको छ। उक्त दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार