साउन -३२
जिल्लामा कोरोना संक्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले भदौ १० गते सम्मको लागि निषेधाज्ञा थप गरेको छ। निषेधाज्ञा अवधि भर सवै प्रकारका गोष्ठी , सभा , सम्मेलन , सेमिनार , नारा जुलुस गर्न , भिड भाड गर्न , मेला पर्वको आयोजना गर्न निषेध गरिएको छ। निषेधाज्ञा अवधीमा सिनेमा हल , पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द रहने छन् । होटल , रेष्टुरेन्ट तथा चिया पसलबाट टेक अवे सेवा सञ्चालनमा रहेन छन् ।
जिल्लामा विभिन्न प्रकारका पसलहरु भने बिहान ५ बजे देखि बेलुका ७ बजे सम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा अपनाएर सञ्चालन हुने छन् । जिल्लामा कोभिड -१९ को नयाँ भेरियन्ट बालबालिकामा समेत देखा परेकोले सम्पूर्ण शैक्षिक संस्थाहरुलाई अनलाइन माध्यम मार्फत शिक्षण सिकाइ क्रियाकलापहरु अगाडि बढाउन आग्रह गरिएको छ । गरिएको निषेधाज्ञालाई उलंघन गरेको खण्डमा कारबाही हुनेसमेत सूचनामा उल्लेख गरिएको छ।
Discussion about this post