आइत, अशोज ३, २०७८
आइत, अशोज ३, २०७८

रिडी रुद्रबेणी सडक खण्ड पुनः अवरुद्ध

चुरामणि तिमिल्सिना
भदौ -११- गए राती देखिको अबिरल वर्षाको कारण गुल्मीको रिडी रुद्रबेणीसडक खण्ड अवरुद्ध भएको छ । सडक खण्डको साघुरेमा माथिबाट ढुङ्गा र माटो एकनास रुपमा खसेको कारण सडक अबरुद्र बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका प्रहरी सहायक निरीक्षक नम बहादुर थापाले जानकारी दिनुभयो।

पानी निरन्तर रुपमा परिरहेको र ढुङ्गा पनि झरिरहेको हुनाले पैदल यात्रा समेत नगर्न रिडीका ट्राफिक हवल्दार जगत खनालले आग्रह गर्नु भयो। सडक घाम नलागेसम्म खोल्न पनि नसकिने प्रहरीले जानकारी दिएकोछ । प्रहरीले सर्वसाधारण तथा यातायातका चालकहरुलाई वैकल्पिक सडको प्रयोग गर्न समेत आग्रह गरेको छ । यसैपहिरोमा बुटवल देखि रुद्रवेणि तर्फ गैइरहेको ध १ च १४६ नम्बरको डबल क्याप बोलेरो समेत पहिरो दुबै तर्फबाट फसेको र यात्रुहरु भने सबै जना शकुशल रहेको थापाले जानकारि दिनुभयो अहिले पुरिएको बोलेरो लाई निकाल्ने क्रम जारी रहेपनी सम्भावना कम भएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार