राम्दीमा पहिरोमा परि एकको मृत्यु ३ जना घाइते

27
SHARES
224
VIEWS

भदौ -१३
अविरल वर्षका कारण स्याङ्जाको राम्दीमा पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । आज अपराह्न ४:३० बजेको समयमा गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीमा माथिबाट आएको पहिरोमा परि सोही स्थानका दीपेन्द्र श्रेष्ठको घर र होटल पुरिएको थियो। सोही पहिरोमा परि वालिङ नगरपालिका वडा नम्बर १४ स्थायी घर भएकी ४० वर्षीया घनमाया उम्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। यस्तै गरि पहिरोमा परि घाइते हुनेहरु छ्त्रकोट गाउँपालिका वडा ५ स्थायी घर भएकी होटल संचालक लक्ष्मी गिरी , होटलमा काम गर्ने , सैनामैना रुपेन्देहीका १६ वर्षीय शिशिर योगी र भिरकोट नगरपालिका वडा नम्बर ५ का नारायण प्रसाद तिवारी रहेका छन् । घाइते तिनै जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता अधिकारीले जानकारी दिनु भयो। प्रबक्ता अधिकारीका अनुसार पहिरोको कारण सिद्वार्थ राजमार्ग अवरुद्ध रहेको छ। अवरुद्ध सडक खुलाउन पहल भैरहेको समेत प्रबक्ता अधिकारीले जानकारी दिनि भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार