बुध, कार्तिक ३, २०७८
बुध, कार्तिक ३, २०७८

स्याङ्जामा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु

असोज -१५
स्याङ्जामा हिजो बेलुका ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आधीँखोला गाउँपालिका वडा नम्बर ५ बरको बोट स्थित भित्री सडक खण्डमा रोकिराखेको ग १ त ३१७८ नम्बरको ट्याक्टर ओरालोमा आफै अगाडि बढ्न जादा बिपरित दिशाबाट आइरहेकी एक पैदल यात्रीलाई ठक्कर दिदा उक्त दुर्घटना हुन पुगेको थियो। दुर्घटनामा परि स्थानीय माया बि.क. घाइते भएकोमा उनको उपचारका क्रममा गण्डकी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ। जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारी अनुसार ट्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगाका अनिल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार