बुध, कार्तिक ३, २०७८
बुध, कार्तिक ३, २०७८

चन्द्रकोटका दुई विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान

चुरामणि तिमिल्सिना गुल्मी –

गुल्मीको चन्द्रकोट गाउँपालिका भित्रका २ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गुल्मेलीहरुले साइप्रसमा स्थापना गरेको गुल्मी सेवा समाज साइप्रसले पठाएको रु १० हजार दुई जनालाई रु ५ हजारका दरले बितरण गरिएको पालिकाकी उपाध्यक्ष राधिका् अर्यालले बताउनुभयो। रकम पाउनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं १ कि ५५ बर्षकि परिवार बिहिन बिपन्न बर्गकी दिल माया अर्याल , र वडा नं ४ का ५४ बर्षका गरिब परिवारका कुल बहादुर कुमाललाई पालिकामा नै हस्तान्तरण गरिएको उपाध्यक्ष अर्यालले जानकारी दिनुभयो। रकम हस्तान्तरण कार्यक्रममा वडा न ४ का भरत लाल थापा , स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मा , योजना शाखाका प्रमुख शिव ज्ञवाली लगायतको सहभागीता रहेको गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष खत्रीले बिदेशमा पसिना बगाएर केही भए पनि बिपन्न बर्गका दुई परिवार लाई यो चाड पर्वको अबसरमा राहत भएको हुनाले सहयोग उपलब्ध गराइदिने संस्थालाइ धन्यवाद ज्ञापन गर्नु भयो।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार