रामकृष्ण कडेल, कार्तिक ४ गुल्मी ।गुल्मिदरबार गाउपालिकामा स्वास्थ्यकर्मिहरुको लागि बृहत पोषण प्याकेज सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम बुधवार शुभारम्भ भएको छ । यो तालिम सम्पन्न भएसङ्गै सबै स्वास्थ्य सस्थाहरुमा पोषण सम्बन्धि तालिम सन्चालन गर्न प्रशिक्षकहरु तयार हुने र तालिम प्राप्त प्रशिक्षकहरुले सबै वडामा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुको लागि तालिम सन्चालन गर्नेछन । सबै महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुले यो तालिम पाइसकेपछि स्वास्थ्य आमा समुहमा पोषण शिक्षा प्रबाह गरेर घरघरमा ब्यबहार परिवर्तन गराउन बिबिध कार्यक्रम सन्चालन गर्नुका साथै स्वास्थ्य सस्थाहरुमा मध्यम शिघ्र कुपोषणको उपचार र कडा शिघ्र कुपोषणको उपचार प्रेषण तथा सल्लाहको लागि ब्यबस्थापन मिलाइने स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले बताए ।७ दिने तालिमको पहिलो दिन बुधवार एक औपचारिक कार्यक्रमको बिचमा समुद्दघाटन गरिएको छ ।उक्त समुद्द्घाटन कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपति आचार्यले गुल्मीदरबार गाउपालिका स्वास्थ्य क्षेत्रमा जिल्ला मै नविनतम कार्यक्रम गर्दै आइरहेको र आगामी एक बर्ष भित्र गुल्मीदरबार गाउपालिका पोषण मैत्री गाउपालिका हुनेमा आशावादी भएको बताए कार्यक्रमका अध्यक्ष एवम् गुल्मीदरबार गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले तालिमबाट स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्दि गर्नुका साथै स्वास्थ्यकर्मिहरुले समुदाय स्तरमा चेतनामुलक कार्यक्रमहरु सन्चालन हुने र समग्रमा गाउपालिकाका सम्पुर्ण नागरिकको पोषणको स्थितिमा उल्लेखनीय सुधार हुने अपेक्षा सहित तालिमको सफलताको शुभकामना दिएका थिए ।सुआहारा गुल्मिका प्रमुख लिल बहादुर नेपालि, गुल्मिदरबार गाउपालिका वडा न २ का वडा अध्यक्ष हरिहर गौतम, एकिकृत ग्रामिण बिकास समाज गुल्मिका सुआहारा फिल्ड सम्योजक राजेन्द्र बिश्वकर्मा लगाएतको आतिथ्यता रहेको थियो । स्वास्थ्य सस्थाको सेवा प्रवाहलाइ मध्यनजर गर्दै दुइ चरणमा सन्चालन गरिने तालिम गुल्मीदरबार गाउपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाइ प्रदान गरिने स्वास्थ्य अधिकृत अर्यालले बताए । गाउपालिकाको सभाहलमा सन्चालन भैरहेको तालिम पहिलो चरण कात्तिक ३ गतेदेखी ९ गतेसम्म र दोश्रो चरणको तालिम कार्तिक २३ गतेदेखी २९ गतेसम्म चल्ने स्वास्थ्य शाखाले जनाएको छ ।स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स एलिना खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजिकरण र सन्चालन स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गरेका थिए ।




















Discussion about this post