हराएको श्रीमान खोजिदिन श्रीमतिको आग्रह

280
SHARES
2.3k
VIEWS

स्याङ्जा,५ कार्तिक । काम गर्न हिडेको श्रीमान घरमा नफर्केपछि उनकी श्रीमतीले खोजविन गरिदिन आग्रह गरेकी छन ।

भिरकोट नगरपालिका ३ बानेथोक देउराली –७ सामदी थुम्कीका श्री पुर्ण चन्द्र काफ्ले मिति २०५७/०६/३० गते बुधबार बिहान देखी वेपत्ता भएका हुन । काफ्ले आफ्नो आमा, दुई सन्तान र श्रीमतिको साथमा आफ्नै घर सामदि थुम्कीमा बस्थे।भारत गुजरात मा काम गर्न भनी हिडेका काफ्लेको अहिले सम्म अत्तोपत्तो नभएको एक पटक पनि घरपरिवार आफन्तको सम्पर्कमा नआएको श्रीमती पार्वती काफ्लेले बताईन। काम गर्न हिडेका श्रीमानको अत्तोपत्तो नपाएपछि आफन्त छरछिमेक बाट खोजिकार्य भैरहेको प्रहरीमा खोजी गरिदिन निवेदन पेस गरेको उनले बताईन।

बिगत लामो समय देखि बेपत्ता भएका पुर्ण चन्द्र काफ्ले काम गर्न भारत गुजरात जान्छु भनी हिडेको २२ बर्ष भैसकेको छ।उनि भारत हिड्दा उनको छोरा बिजय काफ्ले ४ बर्षका र छोरी अस्मिता काफ्ले २ बर्षकी मात्र थिइन। छोराछोरी को भविष्य उज्वल बनाउन हिडेका पुर्ण चन्द्रका कारण छोराछोरी र परिवारको जीवन अन्धकार तर्फ धकेलिदै छ।

सानो कलिला छोराछोरी पनि अहिले ठूलो भैसकेका छन। २२ बर्ष भयो श्रीमान सम्पर्क बिहिन भएको पार्वती भन्छिन् “छोराछोरीले पनि बाबा कहाँ जानू भएको ?कहिले आउनु हुन्छ? भनेर सोध्न थाल्यो म संग केही जवाफ छैन त्यसैले उसलाई खोजिदिन पर्यो।”

पार्वती श्रीमान् खोजिदिन आग्रह गर्दै आफ्नो मेहनत र परिश्रमले जिविका चलाउदै आएकी छिन् ।सासुले पनि छोरीलाई जस्तै माया गर्छिन।तर जुन मान्छेको साथ लागेर जन्म घर छोडी कर्मघर आएको हो त्यही मान्छे यसरी बेखबर हुँदा र छोराछोरीको लगातारको प्रश्नको जवाफ नपाउदा उनलाई कहाँ जाउ,कसो गरुँ भन्ने हुन्छ।

श्रीमानले पैसा कमाउन सकुन् नसकुन त्यो कुराले कुनै पिरलो छैन पार्वतीलाई।बस् श्रीमान् घरमा फर्किदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई।सासू अनि छोराछोरी लिएर बसिरहेकी पार्वती श्रीमान घरमा हुँदा कहिल्यै झगडा समेत नपरेको श्रीमानले किन यसरी बेवास्ता गरे अनुमान गर्न सकेकी छैनन् ।

यदि तपाईंले यी ब्याक्ती श्री पुर्ण चन्द्र काफ्लेलाई देख्नुभएको छ भने परिवारको सम्पर्कमा ल्याउन सहयोग गरिदिनुहोला।तपाईंको सानो सहयोगले उनी परिवारको सम्पर्कमा आउन सक्दछन र पार्वतीको चिन्ता हटाउन र परिवारको पुनर्मिलनमा मद्धत मिल्न सक्छ।उनका बारेमा तपाईसङ्ग कुनै जानकारी भएमा ९८४६३२७५४६ मा सम्पर्क गरेर जानकारी दिनसक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार