कार्तिक -१२
अपराध गरे पछि ढिलो चाडो सजाय भागिदार हुनु पर्छ भन्ने भनाइ आज आएर पुनः एक पटक सत्य सावित भएको छ। स्याङ्जामा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकिएको ४५ वर्ष पछी फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नम्बर ८ का ७३ वर्षीय गणेश बहादुर कुमाल रहेका छन् । कुमाललाई दशैमा पुरानो स्याङ्जामा घरमा आएर फर्कदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। पक्राउ परेका कुमाललाई २०३३ साल वैशाख २ गते चैते दशैको मेला हेर्न आएका पाल्पाका भारतीय सेनामा कार्यरत २४ वर्षीय जित बहादुर रानालाई हत्या गरि कालीगण्डकी नदिमा फालेको आरोपमा जन्मकैदको सजाय तोकिएको थियो। जिल्ला प्रहरी कार्यलय स्याङ्जाको अनुसार हत्यामा दोषी ठहरिएका कुमाल लामो समय देखि नाम परिवर्तन गरि नवलपरासीमा परिवार सहित लामो समय देखि लुकीछिपी बस्दै आएका थिए। सजाय भुक्तानका लागि कुमाललाई जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जानकारी दिएको छ।
Discussion about this post