कार्तिक -१६
पाल्पा -पाल्पामा बङगुर फर्ममा काम गर्ने साथी संगै सुतेका एक जना बेहोस भए पछि उपचारका क्रममा आज बिहान मृत्युु भएको छ। मृत्युु हुनेमा जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ४ झडेवाका २१ वर्षीय जय बहादुर राना रहेका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार जय बहादुर राना मगर आफ्नो साथी माथागढी गाउँपालिका वडा नम्बर ३ सराई बस्ने २९ वर्षका महेन्द्र चिदी संग संगै सुतेका जय राना आज बिहान ७ अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा फेला परेका रानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको थियो। उक्त घटनका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ।
Discussion about this post