रुरुमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

26
SHARES
213
VIEWS

चुरामणि तिमिल्सिना
कार्तिक -१७
गुल्मीको रुरु क्षेत्रमा मैत्रीपुर्ण फुटबल खेल प्रतियोगिता सम्पन्न भएको छ । फ्रेण्डस् क्लब रिडीको आयोजनामा कार्यक्रम गरिएको हो ।

प्रतियोगिताको लागि आवश्यक ट्रफी, मेडल प्रमाणपत्र प्रदान गर्नका लागी नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ,रुरुक्षेत्र गाउँपालिका इन्चार्ज नेपाल खेलकुद महासंघ केन्द्रिय सचीव हिमाल श्रेष्ठले जन्म दिनको पावन अवसर पारी पुरस्कार लगायत खेलकुद सामाग्री प्रदान गर्नु भएको थियो। उहाँले खेल जगतमा मात्र नभइ केही दिन अगाडी रुरुक्षेत्र गाँउपालीका ६ रिमुवाका दलित तथा अति बिपन्न बर्गका बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री तथा बिध्यालय ब्याग प्रदान गर्नु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै समाजमा प्रायगरि केक काट्ने देखि हरेक कार्यक्रममा अनावश्यक रुपमा खर्च गरेको हुनाले सुधार उन्मुख् कार्य तर्फ फर्काउन आफुले रचनात्मक कार्यको सुरुवात गर्दै आएको बताउनुभयो ।

यता मैत्रीपुर्ण खेल उद्घघाटन् सत्रमा क्लबका अध्यक्ष प्रयास कसजुको अध्यक्षता , खेलकुद महासंघका केन्द्रिय सचिब हिमाल श्रेष्ठ प्रमुख अतिथि ,विशिष्ट अथितीमा जिल्ला समन्वय समिती गुल्मीकी उपप्रमुख तुल्सी कुमारी श्रेष्ठ , नेकपा एमाले रुरु १ का नवराज बिक , नेपाली कंग्रेसका अमुल्य श्रेष्ठ , उद्योग बाणिज्य संघका सुबर्णलाल कक्षपति , रुरु फ्रेण्डस् क्लबका सोभित थापा सामाजिक अभियन्ता प्रेम भणडारी , माधब ज्ञवाली दुर्गा पन्थ क्याप्टेन सुरुज गुरुङ रण बहादुर रानाको आथीत्यता रहेको थियो। कार्यक्रममा आयोजक बिजेता भएको थियो कार्यक्रमको सन्चालन रुरु खबरका संचालक चिरञ्जीवी ज्ञवालीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार