कार्तिक -१८
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित श्री जनहित माविमा भुतपूर्व विद्यार्थी मञ्च गठन गरिएको छ। बिद्यालयमा विभिन्न तहमा अध्ययन गर्नु भएका भूपू विद्यार्थी , बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक , समाजसेवी र पत्रकार तथा भर्चुल माध्यमबाट भूपू विद्यार्थी हरुको सहभागितामा भुपू विद्यार्थी मञ्चको गठन गरिएको विद्यालय व्यवस्थापन समितका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनु भयो।
कार्यक्रममा वि.सं २०१५ सालमा स्थापना भएको श्री जनहित माविमा औपचारिक रुपमा भूपू विद्यार्थी मञ्च गठन गरिनु स्वागतयोग्य कार्य रहेको र नवगठित मञ्चको समितिले कार्यगति लिने बताउदै बिद्यालय व्यवस्थापन समितिका सदस्य बम लामिछाने मगरले सफलताको शुभकामना व्यक्त गर्नु भयो।
नवगठित समितिको अध्यक्षमा यम सोमै , उपाध्यक्षमा डा. गोकर्ण पाण्डे र टोप बहादुर सुनार , सचिबमा सुमन थापा , सहसचिवमा जमुना सोमै र गोविन्द पराजुली ,कोषाध्यक्षमा दामोदर पराजुली ,र सह-कोषाध्यक्षमा दिनेश कुमार श्रेष्ठ रहेका छन् ।
यस्तै गरि दुर्गा बहादुर सोमै , डा. कृष्ण बहादुर सोमै , केशर बहादुर क्षेत्री , बाल कृष्ण पाण्डे र बम लामिछाने समितिको सल्लाहकारमा रहेका छन् । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लामिछाने , बिद्यालयका प्र. अ. केशर बहादुर क्षेत्री , शिक्षक सुर्य बहादुर दर्लामी , समाज सेवी दुर्गा बहादुर सोमै , पत्रकार तथा राजनीतिक व्यक्तित्व दिपक बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
नव गठित समितका अध्यक्ष यम सोमैले श्री जनहित माविलाई समयानुकूल शैक्षिक कार्यक्रमहरुमा आफुले जोड दिने बताउनुभयो ।
Discussion about this post