कालीगण्डकीबाट १४ महिने सफल कार्यकाल पूरा गर्दै ज्ञवाली बिदा भए

50
SHARES
414
VIEWS

कार्तिक -१८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवाली १४ महिने सफल कार्यकाल पूरा गर्दै सरुवा हुनु भएको छ। स्याङ्जाको सुदुरपश्चिममा अवस्थित कालीगण्डकी गाउँपालिकामा १४ महिना अगाडि प्रशासकीय अधिकृतका रुपमा प्रबेश गर्नु भएका ज्ञवालीलाई हिजो एक कार्यक्रमका बिच बिदाई गरिएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिनु भयो।

सरल र मृदभाषी स्वभावका ज्ञवालीसंग आफुलाई कार्य सम्पादन गर्न सहज भएको उपाध्यक्ष कोइरालाले बताउनुभयो ।

कालीगण्डकीको बसाईमा सहयोग, उर्जा र उत्प्रेरणाका लागि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरुका साथै संपूर्ण जनप्रतिनिधिहरु प्रति आफू कृतज्ञ रहेको प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनु भयो। आफुलाई सदैव माया गर्ने सम्पूर्ण कालीगण्डकीवासी बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरु तथा सम्पूर्णमा उर्जाशील कर्मचारी साथिहरुको माया र सहयोग सदैव मनमा रहने अधिकृत ज्ञवालीले बताउनु भयो। कालीगण्डकी गाउँपालिकाको लागि अब आउने नयाँ अधिकृत बारेमा तिहार पछि निर्णयहुने समेत कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार