भाइटिका: दिदी बहिनीले दाजुभाइलाइ उपहार दिने भाइमसला के छ महत्व हेर्नुहोस्

34
SHARES
286
VIEWS

काठमाडौं । भाइटीका लगाएपछि दिदी–बहिनीले दाजु–भाइलाई काजु, किसमिस, बदाम, ओखरजस्ता ‘ड्राइफुड’ दिने चलन छ । ‘ड्राइफ्रुड’मा हुने उच्च क्यालोरी एवं चिल्लो पदार्थ स्वास्थ्यका लागि निकै उपयोगी पनि मानिन्छ । जसले शारीरिक विकासका साथै रोगसँग लड्नसक्ने क्षमता बढाउँछ ।

चिकित्सकका अनुसार तिहारमा दिदी–बहिनीले दाजुभाइलाई उपहार स्वरुप दिने भाइमसला स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै उपयोगी छ । लोमा लिन्डा युनिभर्सिटीले गरेको अध्ययनअनुसार सातामा ५ पटक यस्ता ‘ड्राइफुड’ खाने मानिसमा मुटुको समस्या ५० प्रतिशतले कमी आउँछ । डायबिटीज र क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । तर, चाडपर्व बाहेक नेपाली प्रायः यस्ता ‘ड्राइफुड’मा रुची राख्दैनन् ।

किसमिस

मसालमा किसमिस दिने प्रचलन छ । अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ । किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ । किसमिसमा पाइने यी तत्वले मुटुरोगीका लागि निकै उपयोयी मानिन्छ । त्यस्तै कोलस्टोर घटाउन छालामा चमक ल्याउन पनि निकै राम्रो मानिन्छ । त्यसमा पनि कुनै पनि रोगको उपचार पछि रिकभरी पिरियडमा किसमिसको सेवन लाभदायी हुन्छ ।

काजु

काजु पनि मसलाको मूख्य मिठाई अन्तरगर्त पर्दछ । यसले मुटुलाई स्वस्थ र बलियो राख्छ । काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ । काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाइ बलियो बनाउन मद्धत गर्दछ ।

ओखर

वढी मात्रामा प्रयोग गरिने मसाला भित्र ओखर पर्दछ । जसमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन मद्धत मिल्दछ । यसमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ । साथै यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

बदाम

भाइमसलामा बदाम पनि पर्दछ जसले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोग पुर्याउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्धत गर्छ । बदामको यस्तो पोषक तत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ ।

पेस्ता

यो पनि भाइमसलाको प्रमुख मसला भित्र पर्दछ । यसले शरीरलाई लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ ।

नरिवल

भाइमसलामा दिदी बहीनीले नरिबलको पनि प्रयोग गर्ने गर्दछन् । यसले ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ ।

त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यसका साथै भाइ मसलामा विभिन्न थरीका मिठाईहरु, सुपारी, हाडे लगायत अन्य मिठाइहरु पनि समावेश गर्ने गरिन्छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार