सल्यानमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द थापाले अहिलेसम्म दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा दुई जना पुरुष र १० जना महिला रहेको डीएसपी थापाले बताउनुभयो ।
घा’इतेमध्ये ग’म्भीर अवस्थाका सात जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घा’इतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी लिनुभयो ।
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।मृत्यु हुनेको पहिचान खुलेको छ।
मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका-१२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा-२ कि ६१ वर्षीया मिना डाँगी, शारदा-३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी-१ काभ्रा कि २४ वर्षीया मिना शाही, दाङ बबई गाउँपालिका-४ बस्ने ६० वर्षीया डुली रेउले, बबई-६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी-२ का २९ वर्षीय तिलक ओली रहेका प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post